अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Wednesday, November 9, 2011

लुम्बिनीमा भारतीय चासो

भारतीय काग्रेस आईका विदेश विभाग प्रमुख डा. करण सिहले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतको चासो रहने बताउनुभएको छ। रिपोटर्स क्लब नेपालद्धारा मंगलबार आयोजना गरेको साक्षात्कारमा सिंहले भारतीय सिमा भन्दा आठ किलोमिटरमात्र टाढा रहेको लुम्बिनीमा अन्य मुलुकले लगानी गर्दा भारतको पनि चासो रहने बताउनु भएको हो।


साक्षात्कारमा सिंहले गौतम बुद्ध नेपालमा जन्मिए पनि भारतमै ज्ञान आर्जन गरेको र भारतमै देह त्याग गरेकोले लुम्बिनीमा भारतको चासो रहनु स्वभाविक भएको उनको तर्क थियो। उहाँले भारतदेखि लुम्बिनीसम्म बुद्धिस्ट सर्किट भएको भन्दै यसको विकासमा भारतले पनि लगानी गर्नु पर्ने बताए । यसकोलागी आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्ने उनले दृढता ब्यक्त गर्नुभयो। उहाँले लुम्बिनीको विकासको लागि नेपाल र भारतले मिलेर गर्नुपर्ने बताउनुभयो।

उहाँले एपेकमार्फत चिनिया लगानी लुम्बिनीमा ल्याउने र माओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीमा सहयोग जुटाउन अमेरिका गएको विषयमा आफूलाई कुनै जानकारी नभए पनि अरुले लुम्बिनीमा लगानी गर्दा भारतको चासो भने रहने स्पष्ट पार्नुभयो। उहाँले लुम्बिनी र पशुपतिनाथ नेपाल भारत सम्बन्धको पहिचानको रुपमा रहेकोले पशुपति नाथको पनि गुरुयोजना बनाएर विकास गर्नु पर्ने सुझाव समेत दिनुभयो।

पछिल्लो समयमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउँदै संविधान निर्माण गर्ने सम्बन्धमा दलहरुवीच भएको सात बुँदे सहमतिप्रति भारत सकारात्मक रहेको भन्दै उहाँले भारतको नेपाल नीति सधै सकारात्मक र सहयोगी रहेको दावी गर्नुभयो। नेपालमा कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा भारतको चासो नरहेको भन्दै शान्ति, संविधान र स्थायीत्वमा भारतको चासो र सदभाव रहेको उहाँको जोड रहेको थियो।

कार्यक्रममा डा. सिंहले सात बुँदे सहमतिले दलहरु मिले नेपालमा जे पनि हुन सक्ने भन्ने प्रमाणित सगरेको भन्दै सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशा भए पनि चुनौतिहरु प्रयाप्त रहेको बताउनुभयो। उहाँले नेपाल र चीन सार्वभौम राष्ट्र भएकोले उनीहरुवीचको सम्बन्धमा भारतको कुनै आपत्ति नरहने भन्दै नेपालको विकास र स्थायीत्वमा भारत सधै चासो रहने बताउनुभयो। साक्षात्कारका सभापति क्लबका अध्यक्ष ऋषि धमलाले नेपाल र भारतवीचको सम्बन्ध अझै प्रगाढ बन्दै गएको भन्दै भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाईदा लिनसक्नु पर्ने बताउनुभयो।

No comments:

Post a Comment