अर्घाखाँचीका धार्मिक धरोहरहरु र आस्था एवं बिश्वासका केन्द्रहरु

Thursday, November 10, 2011

महासचिव वान की मुन लुम्बिनीको विकाशका लागि नेतृत्व गर्न सहमत

सयुक्त राष्ट्रसंघका महासचिव वान की मुन लुम्बिनीको विकाशका लागि बन्ने उच्चस्तरीय अन्तर्राष्ट्रिय समितिको नेतृत्व गर्न सहमत हुनुभएको छ । राष्ट्रसंघ महासचिव वान र वृहत्तर लुम्बिनी विकाश राष्ट्रिय परियोजनाका संयोजक समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गएराति राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा आउँदो मार्च महिना सम्ममा उच्चस्तरीय अन्तर्राष्ट्रिय समिति बनाउने र त्यसको नेतृत्व वानले गर्ने सहमति भएको हो । भेटका क्रममा माओवादी अध्यक्ष प्रचण्डले वुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तराष्ट्रिय शान्ति सहर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदै वानलाई लुम्बिनीको वृहत्तर बिकाशका लागि बन्ने समितिको नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।


साथै उहाँले कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर वृहत लुम्बिनी विकाशका लागि नयाँ गुरुयोजना ल्याउने पनि बताउनुभयो । प्रचण्डले लुम्बिनी विकाश बारे छलफल गर्न सन् २०११ को सुरुमा नेपालमा अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिने जानकारी गराउँदै त्यसमा सहभागि हुन वानलाई निम्तो दिनुभयो ।



प्रतिउत्तरमा वानले प्रचण्डको निम्तो स्विकार गर्दै लुम्बिनीको वृहत्तर विकाशका लागि आफुले सबै राजनीतिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महासचिव वान सँगको भेटका क्रममा लुम्बिनी विकाश राष्ट्रिय समितिका सदस्य डाक्टर मिनेन्द रिजाल राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य समितिका सदस्य मनोज बहादुर श्रेष्ठ तथा लुम्बिनी विकाश कोषका अन्तराष्ट्रिय सल्लाहाकार नोरितादा मोरिता लगायतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव समीर दाहालले जानकारी दिनुभयो । वानसंग नेपालको शान्ति प्रकृयाका विषयमा पनि छलफल भएको छ ।



भेटमा शान्ति प्रकृयालाई टुंगोमा पुराउन पछिल्लो समय भएको सात बुँदे सहमतिका लागि नेतृत्व र सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको भन्दै वानले प्रचण्डको प्रसंसा गर्नु भयो । लुम्बिनीको बिकासमा संयुक्त राष्ट्रसंघ लगायत विभिन्न निकायको सहयोग जुटाउन प्रचण्ड नेतृत्वको टोली ४ दिन अघि अमेरिका प्रस्थान गरेको थियॊ । टोलीमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर निर्माण गर्ने गुरुयोजना बनाउन गठित समितिका सदस्य एवं काँग्रेस नेता डा. मीनेन्द्र रिजाल मनोज बहादुर श्रेष्ठ प्रचण्डका स्वकीय सचिव समिर दाहाल र प्रकाश दाहाल सहभागि छन । माओवादी अध्यक्ष प्रचण्ड आउँदो २७ गते काठमाण्डू फर्किने कार्यक्रम छ ।

No comments:

Post a Comment